नेपाली कफी ९० अंक प्राप्त गर्दै बन्यो ‘नम्बर वान’

काठमाडौं, २१ चैत- नेपाली कफी अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको इज्जत जोगाउन सफल भएको छ। विश्वभर उत्पादन हुने कफीको गुणस्तरसम्बन्धी सूचकांकका आधारमा घोषणा गरिने उत्कृष्टतामा यो वर्ष नेपाली कफीले ९० अंक प्राप्त गरेको छ। पहिलोपटक नेपाली कफी संसारभरका उत्पादनलाई उछिन्दै उच्च अंक प्राप्त गर्न सफल भएको हो।विश्वभरका कफीको गुणस्तर र बजारीकरणका विषयमा निगरानी राख्दै आएको ‘कफी रिभ्यु डट कम’ ले यो वर्ष नेपाली कफीलाई ९० अंक प्रदान गरेको छ। यो अंकले नेपाली कफी उत्पादनकर्ता, प्रशोधनकर्ता, बिक्रेता र निर्यातकर्तालाई ठूलो उत्साह मिलेको छ। नेपालले सन् २०१२ देखि नै उच्च अंक प्राप्त गर्न परि श्रम गर्दै आएको थियो।कफी उत्पादन हुने विश्वभरका मुलुकको सूचीमा नेपाल पर्दैन। तर, पनि नेपालले उत्कृष्ट स्वाद र गुणस्तरको कफी उत्पादन गरेर विश्व कफीबजारलाई चकित बनाएको छ। कफी रिभ्यु डट कमले विश्वभरबाट आउने कफीको नमुना उत्पादनदेखि प्रशोधनसम्मको सूक्ष्म प्रविधि र कफीको गुणस्तर, बास्ना, एसिडिटी र स्वादलाई आधार बनाएर यस्तो अंक प्रदान गर्दै आएको छ।अत्यधिक परिमाणमा कफी उत्पादन गरी ठूलो निर्यातकर्ता मुलुकको रूपमा गनिएका दुई छिमेकी मुलुक भारत र चीनको कफीले नेपाली कफीसँग यो वर्ष प्रतिस्र्पधा गर्न सकेन। भारतको कफीले सन् २०११ मा ८७ देखि ९२ सम्म र २०१६ मा ८९ अंक प्राप्त गरेको थियो। यस्तै चीनको कफीले सन् २०१७ मा ९१ देखि ९५ अंक र सन् २०१६ मा ९१ देखि ९५ अंक प्राप्त गरेको थियो। एसियाली मुलुकमध्ये इण्डोनेसियाले सबैभन्दा बढी ९७ अंक प्राप्त गरेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?