१० आश्विन २०७८, आईतवार

वर्तमान सरकारले स्वास्थ्य माफियाको संरक्षण गरेको सांसद बस्नेतको आरोप

२०७८,श्रावण,१९,मंगलवार १५:४९


काठमाडौं । सांसद महेश बस्नेतले कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका सांसद बस्नेतले सो कुरा बताएका हुन् ।

बैठकमा बोल्दै सांसद बस्नेतले सरकारले खोपको दुरुपयोग गरेको प्रति कवितात्मक शैलीमा खरो टिप्पणी गरे । उनले वर्तमान सरकार चल्ने जस्तो नदेखिएको पनि दाबी गरे ।

उनले भने– ‘एसएसबीले तुइन काटे, जयसिंह धामी महाकालीमा डुबे । सरकार भन्छ मौन बस, समाचार नबनाउ । प्रधानमन्त्री भन्नुहुन्छ खोप, खोप, खोप । कांग्रेसको मेयरको घरमा खोप । उपसभापतिको घरमा खोप । होटलमा सत्ता पक्षको कार्यकर्तालाई खोपै खोप, जनता दिनभरी लाइनमा खोप न सोप । बिचरा सरकार व्यापारी मन्त्री बनाउँछ । दक्ष सचिव फेर्छ । बिर हस्पिटलको एमडी फेर्छ । स्वास्थ्य माफियालाई संरक्षण गर्छ । देशभर बाढी पीडित जनता राहत पाइनँ भनेर कराउँदछन् । कांग्रेसका विपक्षीहरु मन्त्री नपाए सरकारमा जान्न भन्दैछन् । कांग्रेसका वडा अध्यक्षहरु नगरपालिकाको कार्यालय फोड्दै छन् । माओवादी, जसपा भन्दैछ मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्ने भए । दिमागमा आतंक ल्याए, भुकम्प ल्याए । परमादेशबाट बनेको सरकार तिन हप्ता भएछ मन्त्रीमण्डल गठन भएन, न्यूनतम साझा कार्यक्रम आएन । प्रधानमन्त्री अब बेरोजगार भएका त्रिपाठीहरुलाई अदालत पठाउनुस् । फलानो पार्टीका फलानो मन्त्रीलाई मन्त्री बनाइँपाउँ भनेर परमादेश जारी गराउनुस् । नत्र जनादेश विनको सरकार चल्ला जस्तो देखिएन । अब जनता भन्दैछन्, केपी बा आइ लभ यू ।’

प्रकाशित मिति: २०७८,श्रावण,१९,मंगलवार १५:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभएसम्म देशमा अस्थिरता आउन नसक्ने भएकाले त्यसतर्फ

डोटी । सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौवटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएका छन् । शनिबार र आइतबार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) माथि प्रश्न उठाएका छन् । अध्यक्ष

काठमाडौं । ओखलढुंगामा रहेका ८ वटै पालिकामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको मानेभन्ज्याङमा आइतबार (आज) अबेर सर्वसम्मत

ताजा समाचार

प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४
सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण
 २०७८,आश्विन,१०,आईतवार २१:०७