सत्तामा बस्ने व्यक्तिहरुमा घमण्ड नहोस् : सांसद चौधरी

लोकपथ
455
Shares

काठमाडौं । सांसद मेटमणि चौधरीले अब प्रतिनिधिसभा पुरा अवधि चल्नुपर्ने बताएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले सो कुरा बताएका हुन् ।

संविधानको पालना गरी सोही अनुरुप सरकार सञ्चालन गर्न उनले सरकारको ध्यानाकर्षण गराए । सत्तामा बस्नेहरुलाई घमण्ड नदेखाउन पनि उनले सचेत समेत गराएका छन् । उनले भने– ‘बाँकी अवधिभरी जनप्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधि सभा विघटन नहोस्, संविधानको धारा, उपधारामा उल्लेख भए बमोजिम नै नेपाल सरकार अगाडी बढोस् । संविधानको पालना गर्ने क्रममा ध्यान पुगोस् । शक्ति र सत्तामा छु भन्दैमा सरकारको नेतृत्व गर्ने व्यक्तिहरुमा घमण्ड नहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?