नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा, ३१ सय भन्दा माथि

लोकपथ
91
Shares

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न थालेको थियो ।

सेयर बजारमा आज ३०७९ देखि ३१०० अंकसम्मको उतारचढावबीच २६.०२ अंकले बजार अन्तत ३१११.०९ बिन्दुको नयाँ रेकर्ड बनाएको छ ।

कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो ।

कारोबार रकम पनि सोमबारको तुलनामा आज बढेको छ । हिजो सोमबार १० अर्ब रुपैयाँ रहेको कारोबार रकम मंगलबार भने साँढे ११ अर्ब रुपैयाँमा सीमित रह्यो ।

बजार परिसूचकलाई उचाल्नमा बैंक, जीवन बीमा र हाइड्रो समूहमा आएको उछाल महत्त्वपूर्ण रह्यो ।

कारोबारमा आएका २ सय २३ वटा कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयरको ११ अर्ब ५२ करोड ९२ लाख ७७ हजार ७ सय ७४ रुपैयाँबराबरको कारोबार भएको छ ।

आज अपी पावर कम्पनी लिमिटले सर्वाधिक ४ अर्ब ६८ करोड बराबरको कारोबार गरेको छ ।

आजका दिन धेरै समूहहरूको उपसूचकहरू सकारात्मक छन् भने २ वटा समूहहरुको नकारात्मक देखिए । जसमा हाइड्रोपावर कम्पनीहरुको कारोबार सर्वाधिक भएको छ ।

आज २ वटा कम्पनीहरुको सेयर मूल्यमा १० प्रतिशतले बढेको छ भने तीमध्ये पञ्चथर पावर कम्पनी लिमिटेड र रुरु जलविद्युत परियोजना लिमिटेड कम्पनीका रहेका छन् ।
यता, युनिलिभर नेपाल लिमिटेडको ३.७९ प्रतिशतले घटको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?