निर्वाचन आयोगले गर्‍यो ४१ दलको दर्ता खारेज (नामावलीसहित)

लोकपथ
511
Shares

काठमाडौं । लेखा प्रतिवेदन नबुझाउने ४१ वटा राजनीतिक दलको दर्ता खारेज भएको छ ।्

आज निर्वाचन आयोगले एक विज्ञप्ति निकाल्दै विभिन्न ४१ वटा दलको दर्ता खारेज भएको जानकारी गराएको हो ।

मंगलबार निर्वाचन आयोगमा बसेको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दर्ता खारेज गर्ने निर्णय गरेको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ( ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम कसूर एक पटक भन्दा बढी गरेमा वा दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा तोकिएको जरिवाना नबुझाएमा आयोगले त्यस्तो दलको दर्ता खारेजी गर्न सक्ने समेतका कानुनी व्यवस्था रहेको छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?