अफगानिस्तानमा भएको दोहोरो भीडन्तमा परी ४१ तालिबानी लडाकू मारिए

लोकपथ
286
Shares

काठमाडौं । अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात शहरमा सुरक्षाबल र तालिबान लडाकूबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकू मारिएका छन् । त्यसैगरी सो भीडन्तको क्रममा अन्य ३२ जना लडाकू घाइते भएका गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

सुरक्षाबल र तालिबान लडाकूबीच छ दिनसम्म जारी रहेको झडपपछि सुरक्षाबलले हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात शहरको छिमेकमा रहेका कैयौं शहर पुनःकब्जामा लिएका छन् ।

सुरक्षाबलले तालिबान लडाकूबाट दुईवटा पुल पुनःनियन्त्रण लिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

गत बिहीबारबाट तालिबान लडाकूले हेरात शहरको दक्षिणी र पूर्वीभागबाट आक्रमण शुरू गरेर पूरै शहर कब्जा गर्न खोजिरहेका थिए ।

अफगानिस्तानमा गत मे महिनादेखि तालिबान लडाकूले सरकार विरोधी लडाईलाई तीव्र बनाएको छ र तालिबान लडाकूले हालसालै प्रमुख शहर नियन्त्रणको लागि दबाब बढाएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?