भेरोसेल खोपको दोस्रो मात्रा साउन २२ गतेबाट लगाइँदै

लोकपथ
949
Shares

काठमाडौं । साउन २२ गते शुक्रबारबाट कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै सो बारेमा जानकारी गराएको हो ।

कार्यालयका अनुसार हाल १ लाख ६५ हजार जनालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाइनेछ ।

दोस्रो मात्रा खोप लगाउन विद्युतीय दर्ता नम्बर र खोप कार्ड लिएर जानुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?