११ आश्विन २०७८, सोमवार

तत्काल कोरोना खोपको व्यवस्था गर्न उद्योगीहरुको माग

२०७८,श्रावण,१९,मंगलवार १५:०५


काठमाडौं । सुनसरीका उद्योगीहरुले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।

उद्योगधन्दा संचालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकहरुका लागि पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका कर्मचारी प्रशासन प्रमुख महेश पोखरेलले सरकारसँग माग गरेका छन् ।

उनले निर्यात व्यापारका लागि, मुलुक मित्रै रोजगार सृजना गर्न पनि उद्योगधन्दा चाहिने भएपनि सरकारले उद्योगहरुमा काम गर्ने वातावरण निर्माणका लागि कोरोना विरुद्धको खोपको व्यवस्था अझै मिलाउन नसकेको भन्दै दुःख समेत व्यक्त गरे । पहुँचवाला मान्छेलाई खोप दिने सरकारले उद्योगमा काम गर्ने श्रमिकहरुलाई सो व्यवस्था गर्न नसकेकोमा कर्मचारी प्रशासन प्रमुख पोखरेलको आपत्ति छ ।

सुनसरीको दुहवी–खनार लाईनमा मात्रै तीन दर्जनभन्दा बढि उद्योगहरु छन । तर ती उद्योगहरु संचालनको वातावरण बनाउन पनि सरकारले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्ने उद्योगीहरुको भनाई छ । मान्छेहरुको धेरै चलखेल हुने उद्योगहरुमा खोपको आवश्यक व्यवस्था मिलाए कोरोना संक्रमणको दरसमेत कम हुुने एशीयन थाई फुड्स प्रा.लि.का महाप्रबन्धक समिर साहले बताए । उनले उद्योग, व्यवसायका श्रमिकहरुलाई प्राथमिकताका साथ कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न ढिलाई गर्न नहुनेतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

कोरोनाको तेस्रो लहरको जोखिम बढेसँगै त्यहाँका उद्योगीहरुमा त्रास बढाएको छ । यता, स्थानीय प्रशासनले भने खोपका लागि ताकेता गरेपनि उपलब्ध गराउन नसकिएको प्रतिक्रिया दिएको छ । सरकारले समयमै कोरोनाविरुद्धको खोपको व्यवस्था नगरेपछि त्यहाँका उद्योगी, व्यवसायीहरु आफ्नो व्यवसाय संकटमा पर्ने अवस्था आएको उल्लेख गर्दै चिन्तित भएका छन ।

प्रकाशित मिति: २०७८,श्रावण,१९,मंगलवार १५:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पूर्वपञ्चहरूको पार्टीका रूपमा रहेको राष्ट्रिय प्रतातन्त्र पार्टी (राप्रपाको) महाधिवेशन आउँदो कात्तिक २७ देखि ३० सम्म हुँदैछ । २०४६ मा प्रजातन्त्र

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमित घटेका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी–१० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले जाँच गर्ने

काठमाडौं । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरसविरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित वर्गको

ताजा समाचार

एमाले विधान महाधिवेशनको तयारी पूरा
 २०७८,आश्विन,११,सोमवार २१:५९
५० लाख धरौटी बुझाएर रिहा भए चूडामणि शर्मा
 २०७८,आश्विन,११,सोमवार २०:४५