संसदमा महेश बस्नेतको त्यो कविता

लोकपथ
364
Shares

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले प्रतिनिधिसभामा कविता सुनाएका छन् ।

दार्चुलाका ३३ वर्षीय युवा जससिंह धामी प्रकरणसहित कोरोना रोकथाम र नियन्त्रणलगायतका विषयमा ध्यानाकर्षण गराउँदै कविता सुनाएका हुन् ।

एसएसबीले तुइन काटे,
जयसिंह धामी महाकालीमा डुबे,
सरकार भन्छ मौन बस्
समाचार नबनाऊ,
प्रधानमन्त्री भन्नुहुन्छ खोप, खोप, खोप,
कांग्रेसको मेयरको घरमा खोप
उपसभापतिको घरमा खोप
होटेलमा सत्तापक्षको कार्यकर्तालाई खापै खोप
जनता दिनरभर लाइनमा खोप न सोप ।

विचरा, सरकार व्यापारीलाई मन्त्री बनाउछ,
दक्ष सचिव फेर्छ,
वीर हस्पिटलका एमडी फेर्छ
स्वास्थ्य माफियालाई संरक्षण गर्छ
देशमा बाढीपीडित जनता रातह पाइनँ भनेर कराउँदै छ
कांग्रेसमा विपक्षीहरु मन्त्री नपाए सत्तामा जान्न भन्दै छन् ।
कांग्रेसका वडा अध्यक्षहरु नगरपालिकाको कार्यालयहरु फोड्दै छन् ।
माओवादी जसपा भन्दै छन्,
मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्ने भए,
दिमागमा आतंका ल्याए,
भूकम्प ल्याए ।

परमादेशबाट बनेको सरकार तीन हप्ता भएछ ।
मन्त्री परिषद गठन भएन,
न्यूनतम साझा कार्यक्रम आएन,
प्रधानमन्त्री, अब बेरोजगार भएका त्रिपाठीहरुलाई अदालत पठाउनुहोस् ।
फलाना पार्टीका फलना मन्त्रीलाई मन्त्री बनाइपाऊँ भनेर परमादेश जारी गराउनुहोस्
नत्र जनादेशविनाको सरकार चल्लाजस्तो देखिएन,
अब जनता भन्दै छन् केपी बा आइ लभ यु । परमादेशवाला सरकार हटाइन्छ ।
जनादेशवाला सरकार ल्याइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?