प्रधानसेनापति थापा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

लोकपथ
312
Shares

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपाली सेनाको मुख्यालयका अनुसार जंगी अड्डास्थित प्रधान सेनापति थापाको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको हो ।

दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?