सांसदको प्रश्नमा गृहमन्त्रीको उत्तर : ‘छानबिन समितिको निष्कर्षपछि सरकारले कदम चाल्छ’

लोकपथ
13
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको घटनामा छानबिन समितिको प्रतिवेदनपछि सरकारले कदम चाल्ने प्रतिवद्धता बताएका छन् ।

आज प्रतिनिधि सभामा सांसदहरुले उठाएको प्रश्नमा उत्तर दिँदै गृहमन्त्री खाणले सो कुरा बताएका छन् ।

‘प्रतिवेदनले ठहर गरेको निष्कर्षलाई सरकारले सरकारले दृढताका साथ अगाडी बढाउनेछ ।’ गृहमन्त्री खाणले भने ।

त्यसैगरी गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा गठन भएको छानबिन समितिले घटनास्थलमा नै गएर छानबिन गरिरहेको बताए ।

‘सरकारले छानबिन समिति बनाएको छ । समितिले घटनास्थलमा नै पुगेर छानबिन गर्नेछ । साथै तुइन तरेका र तर्न बाँकीहरुसँग पनि बुझ्नका लागि समेत सबै जिल्ला प्रशासन कार्यालयमा नै बोलाएर छानबिन भइरहेको छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?