गगन थापाको प्रश्न : ‘जयसिंहको बारेमा पत्ता लागिसकेपछि सरकारले भारतसँग कसरी लड्छ ?’

लोकपथ
1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले दार्चुला घटनाका सन्दर्भमा सत्थतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

आज प्रतिनिधिसभामा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद थापाले जयसिंह धामीको बारेमा पत्ता लागिसकेपछि भारतसँग सरकारले कसरी लड्छ ? भन्दै प्रश्न गरेका छन् ।

‘जयसिंह धामीको घटनाको सत्यतथ्य बाहिर आइसकेपछि भारत इटलीसँग जसरी लढ्यो त्यसैगरी हाम्रो सरकार भारतसँग जमेर, डटेर लड्ने विषयमा विश्वास कसरी दिलाउनुहुन्छ भन्ने प्रश्न गर्न चाहान्छु ।’ सांसद थापाले भने ।

त्यसैगरी सन् २०१२ मा भारतको केरला राज्यमा इटलीका मानिसले २ जना भारतीयहरुको हत्या गरेको विषयमा भारतले इटालीसँग दुई वर्षसम्म लडेको बताउँदै सरकारले कसरी भारतसँग लड्छ भन्दै प्रश्न गरे ।

‘जयसिंह धामीको घटनाको सन्दर्भमा भारतीय पक्षले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को कुनै संलग्नता नरहेको भन्ने जिकिर गरेको छ । जिकिर के हो ? भारतीय पक्षले आधिकारिक रुपमा उक्त घटनामा आफ्नो संलग्नता नभएको भनेको हो ? यस्तो हो भने भारतीय पक्षले छानबिन समितिलाई कस्तो सहयोग गर्ला ? छानबिन समितिले सत्यतथ्य छानबिन गरी ल्याउने भन्ने विश्वास गृहमन्त्रीले हामीलाई कसरी दिनुहुन्छ ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?