योगेश भट्टराईले भने- ‘प्रधानमन्त्रीज्यू शंकाको छुट छैन, समय सुरु भयो’

लोकपथ
3.3k
Shares

काठमाडौं । एमाले सांसद योगेश भट्टराईले वर्तमान सरकारलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि कुनै छुट नभएको बताएका छन् ।

आज प्रतिनिधिसभामा बोल्दै सांसद भट्टराईले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले भनेझै सहज नभएको समेत बताए ।

‘६० प्रतिशतभन्दा बढी नागरिकलाई लगाउनुपर्ने आवश्यकता रहेको छ । पूर्ण खोप ५ प्रतिशतले मात्रेै पाएका छन् । भने १४ प्रतिशतले पहिलो खोप पाएका छन् । १६ हजार खोप केन्द्रमध्ये ३ हजार खोप केन्द्र मात्रै परिचालित छन् । १०औ हजार स्वास्थकर्मीहरु खोप लगाउने कामबाट बिमुख छन् ।’ उनले भने। ‘यस्तो अवस्थामा असोजभित्र सबै खोप लगाउँछु भन्ने मन्त्रीको घोषणा र खोप खोप खोप भन्ने प्रधानमन्त्रीको घोषणा लागू हुने देखिँदैन । त्यसैले सम्मानीय प्रधानमन्त्रीजी कोरोनाको रोकथाम र नियन्त्रणका लागि तपाईलाई समयको छुट छैन । शंकाको लाभ तपाईलाई छैन । तपाईको समय अब सुरु भयो हेक्का रहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?