सांसद त्रिपाठीको आरोप : ‘वर्तमान सरकार भारतीय दादागिरीमा निरिह भयो’

लोकपथ
259
Shares

काठमाडौं । सांसद भुमिप्रसाद त्रिपाठीले दार्चुलाका ३३ वर्षीय जयवीरसिंह धामीको घटनामा संलग्न दोषीलाई कारवाहीको माग गरेका छन् ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद त्रिपाठीले भारतीय सीमा सुरक्षाबल (एसएसबी)को दादागिरीका अघि वर्तमान सरकार निरिह भएको आरोप लगाएका छन् ।

‘यस किसिमको जघन्य अपराधप्रति परमादेशबाट बनेको सरकार भारतीय दादागिरीको सामु निरिह सावित भएको छ ।’ सांसद त्रिपाठीले भने ।

त्यसैगरी वर्तमान सरकार नेपाली जनताको लागि नभइ अरु कसैका लागि बनेको आरोप समेत लगाए ।

‘यो सरकार नेपाली जनताको लागि होइन अरु कसैका लागि बनेको चर्चा सर्वत्र भइरहेको छ ।
हेक्का रहोस् गोरु ब्याउँदैन ।’ उनले भनेका छन् ।

उक्त घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न र दोषीलाई अभिलम्भ कारवाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ती दिलाउन सरकारकोध्यानाकर्षण समेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?