ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने सुमो चालक पक्राउ

लोकपथ
217
Shares

काठमाडौं । सिन्धुलीमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् ।

गोलन्जोर गाउँपालिका-७ खुर्कोट बजारस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सोलुखुम्बु महाकुलुङ गाउँपालिका-५ बस्ने ४५ वर्षीय सहुधन राइलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोलुबाट काठमाडौं आउँदै गरेको ना १ ज ३५६६ नम्बरको सुमो उक्त ठाउँस्थित प्रहरी चेकपोष्टमा इन्ट्री गर्ने क्रममा सुमो चालक राइले टाइम कार्डभित्र राखी उक्त नगद राखी ड्युटीमा खटिएको प्रहरीलाई अवैध रुपमा दिन खोजेपछि उक्त नगदसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?