काठमाडौं, २१ चैत- सर्वोच्च अदालतले न्यायाधीशहरूको विदेश भ्रमणका लागि पठाएको प्रस्ताव मन्त्रिपरिषद् बैठकले अस्वीकृत गरेको छ । सर्वोच्च अदालतले न्यायाधीशहरूको विदेश भ्रमणका लागि सैद्धान्तिक सहमति माग्दै केही दिनअघि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको थियो , राजधानी दैनिकमा खबर छ।मन्त्रिपरिषद्ले कसलाई कहाँ र कुन प्रयोजनका निम्ति विदेश भ्रमण पठाउन लागेको भन्ने नखुलेका कारण अस्वीकृत गरेको हो । ‘सर्वोच्च अदालतले न्यायाधीशहरूको विदेश भ्रमणको सैद्धान्तिक सहमतिका लागि पठाएको रहेछ, तत्काललाई मन्त्रिपरिषद्ले स्थगित गरेको छ,’ कानुनमन्त्री शेरबहादुर तामाङले भने ।सर्वोच्चले न्यायाधीशहरूको विदेश भ्रमणका लागि कसैको नाम उल्लेख नगरी प्रस्ताव पठाएको थियो । यसअघि पनि सर्वोच्चले न्यायाधीशको विदेश भ्रमणका लागि सैद्धान्तिक सहमति लिँदै आएको थियो । सर्वोच्च स्रोतका अनुसार यो नै पहिलोपटक मन्त्रिपरिषद्ले अस्वीकृत गरेको हो । मन्त्रिपरिषद्ले यसलाई तत्काललाई स्थगित भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया