वडा कार्यालयबाट चोरी भएका सामानसहित २ जना पक्राउ

लोकपथ
168
Shares

काठमाडौं । सुनसरीको वडा कार्यालयबाट चोरी भएका सामानसहित २ जना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका-१६ को वडा कार्यालय भवनबाट चोरी भएको विभिन्न सामानसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय शंकर साह र सोही ठाउँ बस्ने ३२ वर्षीय सन्तोष भुजेल रहेका छन्।

उक्त वडा कार्यालयको कम्प्यूटर, झोला, कपी पेन्सिल, पारा सिटामोल लगायतका औषधि, माक्स, पिपिई सेट शुक्रबार चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीले साहले चलाई ल्याएको प्रदेश १-०२-००३ ह ३७८ नम्बरको टेम्पोलाई जाँच गर्दा चोरी भएका सामानमध्ये १ थान सिपियु, १ थान मोनिटर, माउस, मल्टी बोर्ड सहित फेला पारी चोरी कार्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट चोरी मुद्दामा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?