प्रतिनिधिसभा बैठक सुरु, गृहमन्त्रीले सम्बोधन गर्दै

लोकपथ
52
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा केहीबेरअघि बैठक सुरु भएको हो ।

आजको बैठकमा शुन्य र विशेष समय चल्ने संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले समय लिएर बोल्ने कार्यसूची तय भएको छ ।

दार्चुला घटनाका विषयमा विवाद उत्पन्न भइरहेको बेला गृहमन्त्री खाणले आजको बैठकमा जवाफ दिन लागेका हुन् ।

गत शुक्रवार दार्चुलाका ३३ वर्षीय युवा जयवीर धामीको महाकाली नदीमा बेपत्ता भएका छन् । सरकारले सो विषयमा छानबिन गर्नका लागि समिति समेत बनाएको छ । सचिवस्तरको उक्त समितिले सोमबारबाटै छानबिन सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?