प्रकाशमान सिंह निवास चाक्सीबारीमा पौडेल पक्षको बैठक बस्दै

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दै छ ।

आगामी महाधिवेशनका विषयमा छलफल गर्नका लागि दिउँसो २ बजे पौडेल पक्षको बैठक आह्वान गरिएको हो ।

दिउँसो २ बजे कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक बस्ने स्रोतले जनाएको छ ।
आजको बैठकमा आगामी महाधिवेशनका विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

यसअघि शनिबार सिंह निवासमा कांग्रेस उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालाबीच भेटघाट भएको थियो ।

महाधिवेशन नजिकिएसँगै संस्थापन इतरबाट नेताहरुले छलफललाई तीव्रता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?