‘पियारी’का गायक जोसेफ र धर्मेन्द्रको ‘जिन्दगीले घुमायो’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
598
Shares

काठमाडौं । युवा गायक जोसेफ शाही ठकुरी र भ्वोइस अफ नेपालका चर्चित प्रतिस्पर्धी धर्मेन्द्र सुनारको ‘जिन्दगीले घुमायो’ बोलको युगल गीत सार्वजनिक भएको छ । जोसेफ शाही अफिसियल युट्युव च्यानलबाट आइतबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सर्वश्व गुमाएर पनि जिउने आत्मबल नगुमाएको एक्लो पात्रको कहानी समेटिएको गीतको शब्द गायक जोसेफले नै लेखेका हुन् । गीतमा भ्वाइस अफ नेपालका म्युजिक डाइरेक्टर करणराज कार्कीको संगीत र देवेश राइको संगीत संयोजन रहेको छ । ‘ए वन म्युजिसियन स्टुडियो’मा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन भने किशोर थापाले गरेका हुन् ।

भिडियोमा रत्न डंगोल, राजिन आचार्य, रामबाबु रेग्मी र रचना गौतमको मार्मिक अभिनय हेर्न सकिन्छ । बसन्त कुँवरको छायांकन, बलभद्र कुँवरको सम्पादन रहेको गीतको भिडियोमा श्याम कुँवरको रङ्ग संयोजन रहेको छ । सिम भन्ज्याङका विभिन्न स्थानहरूमा छायांकन गरिएको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।

पछिल्लो समय लोकप्रिय बनेको ‘पियारी’ गीतका गायक जोसेफ र धर्मेन्द्रको यो पहिलो सहकार्य हो । भ्वाइस अफ नेपाल सिजन–३ को ब्लाइन्ड राउन्डमा पियारी गीत गाएर धर्मेन्द्रले चारवटै निर्णायक र लाखौँ दर्शकको मन जित्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?