राज्यमन्त्रीको निर्णयमा प्रधानमन्त्रीको हस्तक्षेप, रोकियो डा. जागेश्वर गौतमको सरुवा

लोकपथ
1.3k
Shares

काठमाडौं । स्वास्थ्य राज्यमन्त्रीको संलग्नतामा गरिएको उच्च अधिकारीको सरुवामा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् ।

सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको चार जना स्वास्थ्य अधिकारीको सरुवा निर्णयबारे हस्तक्षेप गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका हुन् ।

मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई प्रसूति गृहमा सरुवा गरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. रुद्र मरासिनीलाई नियुक्त गरेको थियो ।

यस्तै सार्क क्षयरोग केन्द्रका प्रमुख डा. विवेक लाललाई मन्त्रालयको समन्वय शाखामा तानिएको थियो भने ११ महिनादेखि मन्त्रालयमा जगेडामा बस्दै आएकी रिता जोशीलाई डा. लालको ठाउँमा पठाइएको थियो । तर राज्यमन्त्रीले गरेको सरुवा तत्काललाई कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिइसकेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । अहिले स्वास्थ्य मन्त्रीको नेतृत्व पनि देउवाले नै सम्हाल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?