काठमाडौं । कीर्तिपुरको पाँगामा निर्माण भएको गणेशमान सिंह पार्कमा गणेशमान सिंहको सालिक निर्माण हुने भएको छ ।
उक्त सालिक निर्माणका लागि अमेरिकामा रहेका नेपालीहरुले संकलन गरेको २ लाख रुपैयाँ आज हस्तान्तरण गरिएको छ ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहले अमेरिका निवासी पुर्ण बानियाँको अग्रसरतामा संकलित सो रकम पार्क निर्माण समितिलाई हस्तान्तरण गरेका हुन् ।
सिंह निवास चाकसीबारीमा मंगलबार एक कार्यक्रममा पूर्वमन्त्री राजेन्द्रकुमार केसी प्रदेश सभासद पुकार महर्जनलगायत स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया