ओलीसँग भेटघाटको तयारीका बीच प्रचण्डसँग माधव नेपालको भेट

लोकपथ
325
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ ।

मंगलबार बिहान नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वरमा गएका हुन् । आजको भेटघाटको क्रमम पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रीमण्डल विस्तारको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

एमाले एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच आजै भेटघाटको तयारी भइरहेको छ । यसैबीच प्रचण्ड र नेपालको भेटघाटालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?