‘बेल बटम’को ट्रेलर आज रिलिज हुँदै, फिल्म ‘थ्रीडी’ मा पनि रिलिज हुने

लोकपथ
910
Shares

काठमाडौं । बलिउडका सुपरस्टार अक्षय कुमारको फिल्म ‘बेल बटम’को ट्रेलर आज रिलिज हुने भएको छ । अक्षय कुमारले भर्खरै सामाजिक सञ्जालमा फिल्म बेल बटमको ट्रेलर मंगलबार (३-अगस्ट)मा रिलिज हुने जानकारी दिएका छन् ।

फिल्म ‘बेल बटम’को रिलिज डेट केही दिनअघि मात्रै सार्वजनिक भएको थियो।

फिल्मको पोस्टर सेयर गर्दै अक्षयले क्याप्सनमा लेखेका छन्, ‘शार्प मेमोरी, राष्ट्रियस्तरको चेस खेलाडी, गाउन सिकाउने, हिन्दी, अंग्रेजी, जर्मन बोल्न सक्ने, बाँकी ट्रेलरले बताउनेछ।

क्याप्शनमा अक्षयले फिल्मको ट्रेलर साँझ रिलिज हुने बताएका छन् । अक्षय कुमारको यो फिल्म ‘टुडी’मा मात्र नभई थ्रीडीमा रिलिज हुनेछ। अक्षय आफैंले सामाजिक सञ्जालमा यो जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?