चाइनिज पेस्तोलसहित २ भारतीय नागरिक पक्राउ

लोकपथ
273
Shares
file photo

दाङ । दाङ प्रहरीले अत्याधुनिक हतियारसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

देउखुरीको कालाकाँटेबाट भारतको सिद्धाथनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई अत्याधुनिक चाइनिज पेस्तोल, त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोली सहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरूलाई जिप्रका दाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले हिजो बेलुकी करिब ५ बजे पक्राउ गरेको हो । हतियारसहित पक्राउ परेका उनीहरुलाइ प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

उनीहरूलाई पक्राउ हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द रिजालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?