बलिउडका यी चर्चित म्युजिक कम्पोजर जसले गीत चोरेका कारण बदनाम हुनुपर्‍यो

लोकपथ
2.7k
Shares

काठमाडौं । बलिउडका गीतको आफ्नै उचाइ र चर्चा हुनेगरेको छ । विश्वभर मानिसहरुले बलिउड गीतहरु सुन्ने र रुचाउने गरेका छन् । तर पछिल्लो समय धेरै म्युजिकक कम्पोजरहरुले थाँहा हुदैन भनेर अरुको म्युजिक चोर्ने गरेका छन् ।

अनु मलिक : 

हिजो (सोमबार) म्युजिक कम्पोजर साथै इन्डियन आइडल सिजन-१२ का जज अनु मलिकमाथि इजरायलको राष्ट्रगानको धुन चोरेको आरोप लागेको छ । अनु मलिक बलिउड इन्डस्ट्रीका सबैभन्दा चर्चित र सफल म्युजिक कम्पोजर हुन् ।

जापानमा जारी टोकियो ओलम्पिकमा इजरायलले आइतबार दोस्रो गोल्ड मेडल जितेको थियो । सोही क्रममा इजरायलको खेलाडीका सम्मानमा इजरायलको राष्ट्रगान बजाइएको थियो । भारतमा रहेका ओलम्पिक फ्यानहरुले उक्त खेल हेरिरहेका थिए । इजरायलको राष्ट्रगान बज्दा फिल्म दिलजले ट्युन बजेपछि प्रसङ्ग सुरु भएको थियो ।

बलिउड स्टार अजय देवगनको फिल्म दिलजलेको गीत ‘मेरो मुलुक मेरो देश’को ट्यून र इजरायलको राष्ट्रगानको ट्यून मिलेपछि सामाजिक सञ्जालमा अनु मलिकको ट्रोल भइरहेको छ ।

र्‍यापर बादशाह : 

बलिउडका र्‍यापरहरुको नाम लिँदा बादशाहको नाम आउने गरेको छ । उनले बलिउडलाई धेरै र्‍याप गीतहरु दिएका छन् र उनको र्‍याप धेरैले मन पराएका छन् ।

Badshah confessed to buying fake views for song Pagal Hai for Rs 72 lakh, say Mumbai Police | Entertainment News – India TV

पछिल्लो समय बादशाहले आफ्नो गीत ‘गेन्दा फूल’ रिलिज गरेका थिए । उक्त गीतको भिडियोमा चर्चित एक्ट्रेस जैकलीन फर्लान्डिस देखिएकी थिइन् ।

गीतलाई बादशाहले कम्पोज गरेका थिए भने पायल देवले उक्त गीत गाएका थिए । धेरैपछि मात्रै गेन्दा फूल गीत बंगाली लोक गीत ‘बोरोलोकर बिटलो’को कपी गरिएको पत्ता लागेको थियो । गीत विवादित भएपछि बादशाहले माफी मागेका थिए ।

प्रीतम चक्रवर्ती : 

अनुमलिकजस्तै प्रीतमलाई पनि धेरै पटक गीत कपी गरेको आरोप लागेको छ । प्रीतमको प्राय हिट गीत कुनै न कुनै गीतको कपी गरिएको हुन्छ भनेर उनी ट्रोलको शिकार बन्ने गरेका छन् ।

Pritam Chakraborty Age, Wife, Children, Biography & More » StarsUnfolded

‘क्या मुझे प्यार है’ र ‘अली’ गीत प्रीतमले ‘थ्रिलर’ र ‘अमेरिकन पाई’बाट कपी गरेका थिए ।

सलीम-सुलैमान : 

सलीम-सुलैमानको जोडी बलिउडको चर्चित म्युजिक कम्पोजरको जोडीको रुपमा चिनिने गरेका छन् । २०१७ मा सलीमले गीत कपी गरेका थिए । जसका कारण उनका फ्यानहरु उनीसँग रिसाएका थिए ।

Salim-Sulaiman Biography | the.Ismaili

२०१७ मा सलीमले गीत ‘हारेया’ रिलिज गरेका थिए । गीत रिलिजपछि पाकिस्तानी गायक एवं एक्टर फरहान सईदले २०१४ मा आएको उनको गीत ‘रोइया’बाट सलीमले कपी गरेको आरोप लगाएका थिए ।

राजेश रोशन :

राजेश रोशन पछिल्लो समय गीत कम्पोज गर्नभन्दा पनि गीत कपी गरेका कारण चर्चामा रहेका छन् ।

फिल्म ‘लावारिस’को गीत’ तुमने जो काहा’ इंगिलश गीत’ बार्बी गर्ल’बाट, फिल्म ‘जुर्म’को गीत ‘जब कोही बात बिगड जाए’ इंगिलश गीत ‘फाइव हन्ड्रेड माइल्स’बाट र दाग फिल्मको गीत ‘चेहेरा तेरा चेहेरा’ ‘टाइट्यानिक’बाट चोरी गरेको आरोप उनलाई छ ।

राजेश रोशन

यतीमात्र नभई ‘क्या कर्ना’, ‘झिलमिल सितारो ने काहा’, ‘हसीना गोरी गोरी’, ‘चान्द सितारे’ जस्ता चर्चित गीत पनि राजेश रोशनले कपी गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?