काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आव २०७६/०७७ पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित सदस्य हाल नेपाली कांग्रेसका नेता अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा यही साउन १५ गते निधन भएकाले उनको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया