पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

उनले मंगलवार सामाजिक सञ्जालमार्फत् सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय लिएको बताएका हुन् ।

खड्काले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको पनि बताएका छन् ।

पुर्व कप्तान खड्काले अन्तर्राष्ट्रिय क्रिकेटरको रुपमा आफ्नो यात्रा टुंगिए पनि नेपाली क्रिकेटका लागि आफुले देखेको सपना भने अझै पनि बामे सरिरहेको उल्लेख गरेका छन् ।

उनले सन् २००२ मा १५ वर्षको क्रिकेट यात्रा प्रारम्भ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?