टोकियो ओलम्पिक: अमेरिकालाई पराजित गर्दै क्यानडा फाइनलमा, स्वर्ण पदकका लागि स्वीडेनसँग भिड्ने

लोकपथ संवाददाता
1.1k
Shares
Tokyo 2020 Olympics – Soccer Football – Women – Quarterfinal – Canada v Brazil – Miyagi Stadium, Miyagi, Japan – July 30, 2021. Canada celebrate winning the match. REUTERS/Amr Abdallah Dalsh

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबल विधातर्फ अब अन्तिम दुई टोली बाँकि छन्।

सोमवार खेलिएको दुई सेमी फाइनल खेलमा चार पटक ओलम्पिक स्वर्ण पदक विजेता संयुक्त राज्य अमेरिकालाई पराजित गर्दै क्यानडाले फाइनलमा स्थान बनाउन सफल भएको छ। त्यस्तै अर्को सेमी फाइनल खेलमा अस्ट्रेलियालाई पराजित गर्दै दावेदार टोली स्वीडेन पनि फाइनलमा प्रवेश गरेको छ।

सेमी फाइनल खेलका नतिजा

संयुक्त राज्य अमेरिका ०-१ क्यानडा

स्थान: काशीमा स्टेडियम
जेस्सी फ्लेमिङ ७४ मिनेट, पेनाल्टी

 

अस्ट्रेलिया ०-१ स्वीडेन

स्थान: योकोहामा स्टेडियम
फ्रिडोलिना रोल्फो, ४६ मिनेट

अब स्वर्ण पदकका लागि क्यानडा र स्वीडेन अगस्ट ६, शुक्रवार आमने सामने हुँदैछन् भने काश्य पदकको खेल अगस्ट ५, बिहीवार खेलिने तालिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?