पार्टी एकता विरोधी अभिव्यक्ति दिनु नहुनेमा नेपाल पक्षका नेताहरुको जोड

लोकपथ
182
Shares

काठमाडौं । नेकपा(एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले पार्टी एकता विरोधी अभिव्यक्ति दिनु नहुनेमा जोड दिएका छन् ।

सोमवार वरिष्ठ नेता नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकमा बोल्दै नेताहरुले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शव्द चयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

नेताका अभिव्यक्तिले पार्टी एकता प्रकृयामा आँच नपुगोस् भन्नेतर्फ सचेत हुनुपर्ने पनि नेताहरुको भनाई छ । पार्टी एकतालाई निष्कर्षमा पुर्याउन पार्टीका जिम्मेवार नेताहरु संयमित, जिम्मेवार र संवेदनशील भएर लाग्नुपर्नेमा स्थायी कमिटी सदस्यहरूले जोड दिएको नेता रघुजी पन्तले बताए ।

बैठकमा बोल्दै वरिष्ठ नेता नेपालले आफुपनि सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने पक्षमा रहेको बताएको नेता पन्तले जानकारी दिए ।

बैठकमा वरिष्ठ नेता नेपाल सहित मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुषाल र प्रमेश हमाल लगायतको उपस्थिति रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?