ओली र नेपालबीच मंगलवार भेटवार्ता हुने

लोकपथ
741
Shares

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलवार भेटवार्ता हुने भएको छ ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच मंगलवार भेटवार्ता हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । यद्यपी भेटवार्ताको समय र स्थान भने टुङ्गो लागि नसकेको उनको भनाई छ ।

ओली र नेपाल एकअर्कालाई तिव्र गाली गर्दै अघि बढिरहेको भएपनि दोस्रो तहका नेताहरु भने पार्टीलाई एकतावद्ध बनाउनको लागि निरन्तर प्रयासरत छन् । दोस्रो तहकै नेताहरुको जोडबलका कारण दुई नेताबीच भेटवार्ता हुन लागेको हो ।

वरिष्ठ नेता नेपालको समेत समर्थनमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले नेपाल पक्षलाई सरकारमा आउन आग्रह गरिरहेका छन् । नेता नेपाल पक्षभने आफुहरुको माग पुरा भएमा एमालेमै रहने अन्यथा एमालेको विकल्प खोज्ने स्थितिमा पुगेको छ ।

यसअघि पनि ओली र नेपालको भेटवार्ता भएपनि कुनै सहमती जुट्न सकेको थिएन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?