कपाल झर्ने समस्या छ भने यी हुन् छुटकाराका उपाय

गर्मी महिना कपाल झर्ने कारण बन्न सक्छ । कपाल झर्ने खास कारण चाँया, कपालमा भएको अतिरिक्त चिल्लो छाला, ज्वरो, थाइराइडमा असन्तुलन, पौष्टिक तत्वमा कमी आदि हुन् ।त्यस्तै प्रदुषण, चर्को घाम, चर्को हावा, पनि कपाल झर्नेका कारण हुन सक्छन् । यदि कपाल झर्ने कारण छ भने तपाईं केही उपाय भने अपनाउन सक्नुहुन्छ ।चाँया हटाउने, पौष्टिक आहारमा ख्याल गर्ने र मेहन्दीको प्रयोग पनि चाहिँदो तरिकाले मात्र गर्ने हो भने कपाल झर्नबाट केही हदसम्म बच्न सकिन्छ ।कपाल राम्रो देखाउनका लागि कपालको उत्तिकै ख्याल गर्नुपर्ने हुन्छ । नुहाउँदा पनि आफूलाई सुहाउने स्याम्पू या साबुन मात्र प्रयोग गर्नुहोस् ।कहिलेकाहीं साबुन स्याम्पूका कारणले पनि कपाल झर्ने समस्या आउने गर्छ । त्यस्तै केमिकलयुक्त स्याम्पुबाट पनि बच्न जरुरी छ ।धूलोबाट बच्ने, अरुको काँइयो प्रयोग नगर्ने र काँइयोलाई पनि सफा गरिहरने गर्दा कपाल झर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?