११ आश्विन २०७८, सोमवार

कोभिड सङ्क्रमण दर उच्च भएपछि २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

२०७८,श्रावण,१८,सोमवार २१:२९


काठमाडौं । दक्षिण कोरियाले डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि त्यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको छ ।

पछिल्लो समय कोरियामा सङ्क्रमण दर उच्च देखिएपछि त्यहाँको सरकारले उक्त सुझाव दिएको हो । दक्षिण कोरियामा आगामी सेप्टेम्बरबाट कलेजहरूमा दोस्रो सेमेस्टर शुरु हुँदैछ । सुरु हुने भए तापनि यहाँको शिक्षा मन्त्रालयले डेल्टा भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको दर उच्च रहेका २६ देशबाट कोरिया प्रवेश नगर्न सुझाव दिएको हो । मन्त्रालयका अनुसार कम्तीमा पनि ७० प्रतिशत कोरियाली जनताले खोप नलगाएसम्म विदेशी बिद्यार्थी हाललाई स्वीकार्य हुने छैन ।

दक्षिण कोरियाले हालसम्म ३४.९ प्रतिशत पहिलो र १३.५ प्रतिशत दोस्रो डोजको खोप लगाएको छ । आगामी सेक्टेम्बरको अन्त्यसम्म ७० प्रतिशत खोप लगाउने लक्ष्य पूरा हुने मन्त्रालयले बताएको छ । नेपालसहित तत्काल प्रवेशमा रोक लगाएका देशहरूमा भारत, दक्षिण अफ्रिका, मलावी, बोत्सवाना, मोजाम्बिक, इस्वातिनी, जिम्बाब्वे, बङ्गलादेश, ब्राजिल, सुरिनाम, पाराग्वे, चिली, उरुग्वे, फिलिपिन्स, इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स, उज्बेकिस्तान, भियतनाम, रुस, लेबनान, मलेसिया, हाइटी, अंगोला, कुवेत र त्रिनिदाद र टोबागो छन् ।

मन्त्रालयका अनुसार पहिलो सेमेस्टरका लागि ३३ हजार ८२६ विदेशी विद्यार्थी कोरिया प्रवेश गरेका छन् । यो २०१९ को तुलनामा ८२ प्रतिशत कम हो । प्रवेश गरेकामध्ये हालसम्म २५५ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ ।

प्रकाशित मिति: २०७८,श्रावण,१८,सोमवार २१:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गलेश्वर । खराब मौसम र हिमपातका कारण धवलागिरि हिमाल आरोहणमा गएका आरोहीहरु आधार शिविरमा पुगेर रोकिएका छन् । बयासी वर्षीय

विराटनगर । पछिल्लो केही समयदेखि प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घटेको छ । सबैभन्दा बढी झापामा ७०, मोरङमा

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सर उपचारका लागि ठूलो रकम विदेशिएको बताएका छन् । बिपी कोइराला मेमोरियल

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभएसम्म देशमा अस्थिरता आउन नसक्ने भएकाले त्यसतर्फ

ताजा समाचार

प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४
सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण
 २०७८,आश्विन,१०,आईतवार २१:०७