प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिवद्ध छ : अर्थमन्त्री शर्मा

लोकपथ
65
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध भएको बताएका छन् ।

सोमवार नेपाल पत्रकार महासंघले आफ्नो केन्द्रीय कार्यालयमा अर्थमन्त्री शर्मालाई स्वागत गरेको थियो । सो कार्याक्रममा बोल्दै उहाँले वर्तमान गठबन्धन सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने बताएका हुन् । सरकार सञ्चार क्षेत्रको पक्षमा रहेको उनले स्पष्ट पारे । नागरिक अधिकारका लागि पनि सरकार प्रतिवद्ध रहेको उनले बताए ।

अर्थमन्त्री शर्माले भने, ‘कुनै दलीय प्रतिस्पर्धा वा दलीय स्वार्थमा नभएर राष्ट्रिय स्वार्थमा एकतावद्ध हुनुको विकल्प छैन । सहकार्यको विकल्प छैन । र संविधानले निर्दिष्ट गरे अनुसारको समाजवादउन्मुख अर्थतन्त्र भनेको छ, त्यसमा केन्द्रीत भएर अगाडी बढ्नुपर्छ भन्ने कुरा हामी सबैलाई महशुस भएको कुरा हो । त्यो आधारमा आज बनेको गठबन्धन र गठबन्धन सरकार सञ्चार क्षेत्रको, प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिन्छ । उभिनेछ । सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध भएको कुरा म स्पष्ट गर्न चाहान्छु । नागरिक अधिकारको लागि पनि यो प्रतिवद्ध छ ।’

अर्थमन्त्री शर्माले विगतको सरकारले कतिपय कुराहरु कार्यान्वयन हुनै नसक्ने गरी घोषणा गरेको भन्दै आफुले अध्ययन गरिरहेको बताए । सकारात्मक कुराहरुलाई स्थापित गर्दै कार्यान्वयनमा लैजाने र भत्केका कुराहरुलाई सुधार गर्दै लैजाने उनले स्पष्ट पारे ।

कोभिड – १९ महामारीले सञ्चार क्षेत्रमा पारेको प्रभावको सम्बन्धमा आफु जानकार रहेको भन्दै अर्थमन्त्री शर्माले यस क्षेत्रको आर्थिक संकट समाधानका लागि सरकारले के गर्नुपर्छ सल्लाह, सुझाव दिन आग्रह गरे । सरोकारवालाहरुसँग छलफल गर्दै र सल्लाह, सुझाव लिदैँ सरकारले ल्याउन लागेको राहत प्याकेजमा समेटिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?