गण्डकी प्रदेश प्रमुख गुरुङले गरे पदबहाली

लोकपथ
143
Shares

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पदबहाली गरेका छन् ।

सोमवार प्रदेश सदरमुकाम पोखरामा एक विशेष कार्यक्रमका बीच प्रदेश प्रमुख गुरुङले पदबहाली गरेका हुन् । गत मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख रहेकी सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गरेको थियो । गण्डकीका प्रदेश प्रमुखमा नियुक्त भएका गुरुङ चितवनका पुराना कांग्रेस नेता हुन् । लामो समय देखि कांग्रेसको राजनीति गरेका गुरुङ पहिलो पटक लाभको पदमा पुगेका हुन् ।

पदबहाली पछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै प्रदेश प्रमुख गुरुङले संघीय लोकतन्त्रलाई संस्थागत गर्नु आफ्नो प्रमुख दायित्व रहेको बताए । संघीय सरकारले संविधान अनुसार गण्डकी प्रदेशको अभिभावकीय जिम्मेवारी दिएर पठाएकोले आफ्नो कार्यकालभरी लोकतान्त्रिक गणतन्त्रको पक्षमा काम गर्ने पनि प्रदेश प्रमुख गुरुङले बताए ।

यस अघि नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचन गण्डकी प्रदेश प्रमुख थिए । अघिल्लो सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीता पौडेललाई नियुक्त गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १२ गते मन्त्रिपरिषद्को सिफारिसमा गुरुङलाई गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेकी थिइन् । यस्तै सीता पौडेललाई नियुक्त गर्दा हटाइएका अमिक शेरचनलाई भने लुम्बिनी प्रदेशको प्रमुखमा नियुक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?