११ आश्विन २०७८, सोमवार

बढी भाडा असुल्ने वायुसेवा कम्पनीलाई कारबाही गर्नुपर्नेमा सांसदहरुको जोड

२०७८,श्रावण,१८,सोमवार २०:४३


काठमाडौं । कोभिड – १९ महामारीको समयमा हवाई उडानहरुले बढी भाडा लिएको सम्बन्धमा संसदीय समितिले चासो राखेको छ ।

प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कोभिड – १९ महामारीको बेलामा हवाई उडानहरुले बढी भाडा लिएको सम्बन्धमा चासो राख्दै सरोकारवाला निकायसँग छलफल गरेको छ । छलफलका क्रममा सांसदहरुले वायु सेवा कम्पनीहरुले सेवा भाव नराखी महामारीको बेलामा उपभोक्ताहरुसँग बढी भाडा असुलेको बताएका छन् भने वायु सेवा सँग सम्बन्धित सरोकारवाला अधिकारीहरुले भने बजारमा आएजस्तो बढी भाडा नलिएको र अनियमितता नभएको बताएका छन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले प्राधिकरणले वायु सेवाहरुलाई व्यापारिक रुपमा हस्तक्षेप गर्ने अधिकार प्राधिकरणको नभएको बताए । उनले कोभिड – १९ महामारीको समयमा वायु सेवाले बढी भाडा लिएको २४ वटा गुनासो आएको र त्यसउपर छानविन भइरहेको बताए ।

नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले निषेधाज्ञाको समयमा वायु सेवा निगमले बढी भाडा नलिएको बताए । उनले आफुहरुले मौकाको फाइदा उठाउने हिसाबले काम नगरेको भन्दै यसबारे निगमबारे कुनैपनि प्रकारको गुनासो नभएको पनि स्पष्ट पारे ।

सांसद देवेन्द्र पौडेलले नेपाली नागरिकहरुलाई आपत परेको बेलामा वायु सेवाहरुलाई मानविय भावनाले काम गर्न नसकेको बताए । वायु सेवा निगम घाटामा गए सरकारलाई भन्नुपर्ने र भाडाले संस्था धान्छु भनेर नहुने उनले बताए । आगामी दिनमा वायु सेवाहरुले कमजोरी सच्याउनुपर्ने उनले बताए ।

सांसद सन्तकुमार चौधरीले वायु सेवा कम्पनीहरुले दलालमार्फत् टिकट बिकाउनु नहुने बताए । यसले भाडा बढी पर्न गएको हुनाले ट्राभल एजेन्सीलाई कमिशन दिएर टिकट विकाउने काम बन्द गर्नुपर्नेमा उनले जोड दिए ।

सांसद प्रमोद साहले वायु सेवा कम्पनीको मनपरी भाडा लिने दादागिरी र हैकमवादी प्रवृत्तिका विरुद्धमा सांसद बोल्दा सांसद विरुद्ध मुद्धा चलाइएको भन्दै सर्वसाधारणले झनै बोल्न नसक्ने उनले बताए । महामारीको समयमा नाफामुलक हिसाबले काम गर्ने वायु सेवा कम्पनीहरुलाई सरकारले कारबाही गर्नुपर्ने उनले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले महामारीको समयमा हवाइ उडानमा हुने अनियमितता बारे जानकारी दिन मन्त्रालयले सुचना जारी गरेको जानकारी दिदैँ दुई वटा ट्राभल एजेन्सीलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको बताए । गुनासोहरुको अध्ययन गर्दै समस्या समाधान गर्न छानविन समिति गठन गरिएको र समितिको प्रतिवेदन आएपछि थप निर्णय गरिने उनले बताए ।

उनले आगामी दिनमा हवाइ उडानलाई कसरी आम उपभोक्तामाझ सहज बनाउन सकिन्छ भन्ने सम्बन्धमा मन्त्रालयले ध्यान दिने बताए ।

प्रकाशित मिति: २०७८,श्रावण,१८,सोमवार २०:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभएसम्म देशमा अस्थिरता आउन नसक्ने भएकाले त्यसतर्फ

डोटी । सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौवटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएका छन् । शनिबार र आइतबार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) माथि प्रश्न उठाएका छन् । अध्यक्ष

ताजा समाचार

खुले काठमाडौं महानगरका विद्यालय
 २०७८,आश्विन,११,सोमवार ०७:०४
आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै
 २०७८,आश्विन,११,सोमवार ०६:५४
हेर्नुहोस् आजको राशिफल
 २०७८,आश्विन,११,सोमवार ०६:४५
प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४