एमाले स्थायी कमिटी बैठकले गर्‍यो यस्ता निर्णय

लोकपथ
403
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीलाई नयाँ गतिका साथ सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ ।

सोमबार बसेको एमाले कमिटी बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अघिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले बैठकपछि जानकारी दिए ।

बैठकले ९ वटा विभाग गठन गर्ने निर्णय पनि गरेको ज्ञवालीले जानकारी दिए । पार्टी एकताको माहोल बनेको खण्डमा अन्य विभागमा नेपाल समूहलाई समेट्न सकिने ज्ञवालीको भनाइ छ ।

एमालेले गठन गरेको विभागमा संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रबद्र्धन विभाग,स्कुल विभाग, विदेश विभागलगायतका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?