विदुर नगरपालिकामा लफडा : समस्या लिएर गएका जनप्रतिनिधिमाथि लाठीचार्ज

लोकपथ
4k
Shares

विदुर । सोमबार (आज) विदुर नगरपालिकामा गुनासो लिएर गएका जनप्रतिनिधिहरु हातपात भएको छ ।

नगरपालिका भित्र भइरहेका आर्थिक अनियमितता लगायतका समस्याहरुको सुनुवाइका लागि गएका वडाध्यक्षहरुमाथि हातपातसहित लाठीचार्ज भएको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित विभिन्न ६ वटा वडाका वडाध्यक्षहरुमाथि नगरपालिकाले धरपकडसहित लाठिजार्च गरेको नेपाली कांग्रेस नु्वाकोटका जिल्ला सचिव सुरेन्द्र अधिकारीले लोकपथलाई जानकारी दिए ।

‘विभिन्न समस्याहरु लिएर नगरपालिका गएका जनप्रतिनिधिहरुमाथि नगरप्रहरी र नेपाल प्रहरी लगाएर हातपात भएको छ ।’ उनले भने ।

वर्षेनी नगरपालिकाका प्रमुख उपप्रमुखसँग विकास निर्माण लगायतका सन्दर्भमा पारदर्शीता, आर्थिक रिलिफ लगायत स्रोत साधनको दुरुपयोग नहोस् भनेर आवाज उठाउँदै आएको उनले बताए ।

‘प्रमुखले रकमहरु बाँडफाँड गर्दा मनोमानी रुपमा आफ्ना पार्टीका मानिसहरुलाई बाँडफाँड गर्ने गरेका छन् । करोडौँको योजना आफ्ना मानिसहरुलाई दिने गरेका छन् । त्यसबारे विभिन्न समयमा नेपाली कांग्रेस पार्टीले समेत त्यसको विषयमा ध्यानाकर्षणसहित पत्रहरु बुझाउँदै आइरहेको थियो । तर पनि मागको सुनुवाइ नभएपछि आज पनि ध्यानाकर्षको लागि गएको मा जनप्रतिनिधिहरुमाथि हातपात भएको हो ।’ उनले भने ।

वडा नं १३ लाई पकेट क्षेत्र घोषणा गरि कागती खेती रोपनी भनिएपनि आफ्नो नगरप्रमुखले मनोमानी ढंगले कागती खेतीको लागि बजेट रकामानान्तर गरेको उनको आरोप रहेको छ । सोही विषयमा ध्यानाकर्षण गराउने र प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाउने लगायतका कार्यक्रमहरु रहेको थियो ।

‘आर्थिक अनियमिताबारे छानबिनको मागसहित प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउने कार्यक्रम रहेको थियो । जिल्ला सचिव सुरेन्द्र अधिकारी, मेयरका प्रत्यासी समेत रहेका निवर्तमान कांग्रेस नुवकोटका सभापति ध्रुव अधिकारी, उपप्रमुखको उम्मेद्वार गीता अमात्य पार्टीका १३ वटै वडाका वडासभापतिहरुले आफ्नो धारणा राख्ने र शान्तिपूर्ण रुपमा कार्यकारी प्रमुखको कार्यकक्षमा ताला लगाउने कार्यक्रम रहेको थियो । सोही क्रममा नगरप्रहरीले वडाध्यक्षहरुलाई कुटपिट गरि लछारपछार गरि बाहिर निकाल्ने का मगर्ने काम भयो ।’ उनले भने ‘र त्यहाँ उपस्थित अन्य व्यक्तिहरुलाई पनि प्रहरीले धकेल्ने बाहिर निकाल्ने कामहरु भएका थिए । सोही क्रममा गीता अमात्य, १३ नं का वडाअध्यक्ष रामचन्द्र लामा, प्रेस युनियनका अध्यक्ष नवराज सुवेदी लगायत धनसिंह लामा, शंकर प्याकुरेल घाइते भएका छन् ।’

त्यहि सन्दर्भमा वडा नं ३ का अध्यक्ष बद्री रिमाल, १० नम्बरका वडाध्यक्ष गणेश नेपाल, १३ का वडाध्यक्ष दलबहादुर तामाङ, २ का वडाध्यक्ष वीरेन्द्र शाही,  ७ का वडाअध्यक्ष महेन्द्र तामाङ, ८ का अध्यक्ष फईसि तामाङ लगायतको उपस्थिती रहेको थियो ।

प्रहरीले सोही क्रममा संयमता नअपनाएर धरपकड गरेको उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?