४ पूर्व मन्त्रीको मुद्दामा कारण देखाउ आदेश जारी, अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

लोकपथ
780
Shares

काठमाडौं । पद पुनर्बहालीको मागसहित रिट दायर गरेका ४ पूर्व मन्त्रीहरुको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

सोमबार (आज) न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश जारी गर्न समेत अस्वीकार गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

‘४ पूर्व मन्त्रीहरुले दिएको रिटमा कारण देखाउ आदेश जारी भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तिरिम आदेश दिन समेत अस्वीकार गरेको छ ।’ उनले भने ।

पूर्व माओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले पद पुनर्बहालीको मागसहित रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?