कुनै परीक्षा रोकिँदैन : त्रिवि

लोकपथ
1.3k
Shares

काठमाडौं । निरन्तर रुपमा सञ्चालन भइरहेका र समय तोकिएका कुनैपनि स्तरका परीक्षाहरु नरोकिने त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जनाएको छ ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा नरोकिने बताए ।

उनले भने,‘मन्त्रालयले जे भने पनि हाम्राे परीक्षा सकिन लागेको छ,अब तीन वटा जति मात्रै बाँकी छ, त्यसैले परीक्षा रोक्दैनौँ।’

त्रिविले विद्यार्थीहरुलाई त्यस्ता खालका दुष्प्रचारबाट भ्रमित नहुन र परीक्षाको तयारीमा लाग्न पनि आग्रह गरेको छ ।

हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतका स्नातक तह प्रथम वर्षका परीक्षा भइरहेका छन् भने साउन २० गतेदेखि पनि स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरु तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?