६ आश्विन २०७८, बुधबार

टर्कीमा एकै दिन थपिए झण्डै २१ हजार संक्रमित

२०७८,श्रावण,१८,सोमवार १७:१९


काठमाडौं । कोरोना भाइरसको महामारीबाट अतिप्रभावित मुलुक टर्कीमा अहिले पनि दैनिक झण्डै २१ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्रै टर्कीमा २० हजार ८९० जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै टर्कीमा अहिलेसम्म ५७ लाख ४७ हजार ९३५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो एक दिनमा टर्कीमा ९६ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको सङ्ख्या ५१ हजार ४२८ पुगेको छ । टर्कीमा कोरोना भाइरसबाट सङ्क्रमित भएरपनि एक दिनमा पाँच हजार ५३९ जना सङ्क्रमणमुक्त भएका छन् । अधिकारीहरुका अनुसार पछिल्लो एक दिनमा दुई लाख ५१ हजार २२४ जनाको कोरोना परीक्षण गरिएको छ ।

टर्कीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहेको भए पनि महामारी पनि फैलिइरहेको छ । गत जनवरी १ मै चिनियाँ खोप सिनोभ्याक्स लगाउन टर्की सरकारले अनुमति दिएको थियो ।

चार करोड १० लाखभन्दा बढीलाई पहिलो चरणको खोप लगाइसकिएको छ । तीमध्ये दुई करोड ७० लाखले दुवै खोप लगाएका छन् ।

प्रकाशित मिति: २०७८,श्रावण,१८,सोमवार १७:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जम्मू कश्मीरको पटनीटप क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको छ। मंगलबार बिहान नाग देवता मन्दिरको माथि शिवगढको जंगलमा हेलिकोप्टर दुर्घटना

काठमाडौं । यस वर्ष मात्र अफगानिस्तानबाट ६ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले जनाएको छ ।

काठमाडौं । यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा सोमबार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट थप २६ हजार सङ्क्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २६ हजार

ताजा समाचार

यस्तो छ आजको विनिमयदर
 २०७८,आश्विन,६,बुधबार ०९:११