चेक बाउन्स मुद्दामा फरार एक जना पक्राउ

लोकपथ
338
Shares

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसुर (चेक बाउन्स) मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका १ घर भएका ५६ बर्षीय विनोद कुमार श्रेष्ठ रहेका छन् ।

सीआईबीका प्रवक्ता एवं एसपी श्याम कुमार महतोका अनुसार सोमबार श्रेष्ठलाई भक्तपुरको काँडाघारीबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रेष्ठलाई उच्च अदालत तुलसीपुरको २०७७ चैत १२ गतेको फैसलाले ७ दिन कैद र २३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो।

श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्याई नबिल बैंकको चेक काटेर बैंकिङ् कसुरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?