नेपालमा कोरोना अपडेट : थप ३ हजार १ सय २५ जनामा संक्रमण, हालसम्म कति भए संक्रमणमुक्त ?

लोकपथ
598
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३ हजार १२५ कोरोना संक्रमित थपिएका छन्।

देशभर गरिएको १० हजार ६१३ पीसीआर र ३ हजार १९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ पुगेको छ। कुल संक्रमितमध्ये ३१ हजार ६२९ जना सक्रिय संक्रमित छन्।

उक्त अवधिमा २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ।

गत २४ घण्टामा १ हजार ९२५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?