वेबसाइटहरुको अनावश्यक नोटिफिकेसनका कारण दिक्क हुनुहुन्छ ? यसरी पाउनुहोस् छुटकारा

लोकपथ
364
Shares

काठमाडौं । मोबाइलमा होस् या ल्यापटपमा, कुनै वेबसाइट चलाउँदा वेबसाइटको नोटिफिकेसनहरु आउने गर्छन् ।

त्यस्तो कसरी हुन्छ भन्ने प्रश्न हरकोहीको मनमा हुन्छ । कुनै पनि वेबसाइट खोल्दा वेबसाइटले अलाउ र ब्लकको अप्सन देखाउँछ । जानेर वा नजानी अलाउ अप्सन थिचियो भने त्यस्तो वेबसाइटको नोटिफिकेसनहरु आउन थाल्छन् ।

कुनै-कुनै वेबसाइटको नोटिफिकेसन त झर्को लाग्ने खाल्का पनि हुने गर्छन् । अलाउ भएका नोटिफिकेसनहरु कसरी हटाउने त ?

Tricks for Google Chrome to protect your privacy online

  • ल्यापटपको हकमा

सबैभन्दा पहिले क्रोम ब्राउजर खोल्नुहोस्, मेनुमा थिच्नुहोस् ।
सेटिङ अप्सनमा जानुहोस् ।
सेटिङ एण्ड प्राइभेसीमा जानुहोस् ।
साइट सेटिङमा क्लिक गर्नुहोस् र नोटिफिकेसनभित्र जानुहोस् ।
नोटिफिकेसनभित्र गएपछि आफूले अलाउ गरेका वेबसाइटका लिंकहरु देखापर्छन् ।
त्यसपछि आफूले नचाहेको वेबसाइटहरुलाई वेबसाइटकै छेउमै रहेको सानो डट एरो बटनमा क्लिक गरेर नोटिफिकेसनलाई ब्लक गर्नुहोस् ।

Google Chrome – Download the fast, secure browser from Google

  • मोबाइलको हकमा

मोबाइलमा क्रोमलाई ब्राउज गर्नुहोस् ।
क्रोम ब्राउजरको माथिल्लो दायाँ भागमा रहेको थ्री डट मेनुमा थिच्नुहोस् ।
सेटिङ अप्सनमा जानुहोस् ।
साइट सेटिङमा क्लिक गर्नुहोस् र नोटिफिकेसनभित्र जानुहोस् ।
नोटिफिकेसनभित्र गएपछि आफूले अलाउ गरेका वेबसाइटका लिंकहरु देखापर्छन् ।
त्यसपछि आफूले नचाहेको वेबसाइटहरुलाई वेबसाइटकै छेउमै रहेको सानो डट एरो बटनमा क्लिक गरेर नोटिफिकेसनलाई ब्लक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?