लुम्बिनी प्रदेशकी सांसद वलीद्वारा एमालेमा फर्किएको घोषणा (पत्रसहित)

लोकपथ
182
Shares

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू एमालेमा नै फर्किएको घोषणा गरेकी छिन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दैै सांसद वलीले आफूले सूर्य चिन्हबाट निर्वाचनमा विजय हासिँल गरेको भन्दै आफू एमालेमा नै फर्किएको बताएकी हुन् ।

‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्न चाहन्छु । नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि नेकपाको चुनाव चिह्नबाट म चुनावमा उम्मेदवार भएको हो । पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टी एक दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागी भएकाले कुनै भ्रममा नपर्नुहुन सबैमा आग्रह गर्दछु ।’ उनले भनेकी छिन् ।

फागुन २३ को सर्वोच्चको फैसलापछि पार्टी पूर्ववत् रुपमा फर्किएपनि एमालेबाट सांसद बनेकी उनी माओवादी केन्द्रमा बस्ने निर्णय गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?