काठमाडौंका कप्तान बने सन्दीप

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर तथा ग्लोबल आइकन सन्दीप लामिछानेले चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’मा काठमाडौं किङ्स-११ को कप्तानी गर्ने भएका छन्।

तेस्रो संस्करणको ईपीएल ललितपुर प्याट्रियट्सबाट खेलेका सन्दीप यसै वर्ष काठमाडौंको टोलीमा आबद्ध भएका थिए। सोमवार काठमाडौं किङ्स-११ ले सामाजिक संजालको माध्यमबाट औपचारिक रूपमा सन्दीपलाई कप्तानीको जिम्मेवारी दिएको जानकारी गराएको छ।

काठमाडौं किङ्स-११ ले यसै महिना पाकिस्तानका पूर्व कप्तान तथा अलराउन्डर शाहीद अफ्रिदीलाई पनि अनुबन्धित गरिसकेको छ। यस पटकको ईपीएल आगामी असोज ९ गतेदेखि २३ गतेसम्म खेलिने तालिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?