लामखुट्टे, माकुरा र उडुसले टोकेमा के गर्ने ?

लोकपथ
1.8k
Shares

वर्षाको मौसममा किरा फट्याङ्ग्राहरुको बिगबिगी हुन्छ । कतिपय अवस्थामा लामखुट्टे, माकुरा र उडुस जस्ता किराहरूले टोक्दा ज्यानै जाने किसिमका रोगहरू पनि लाग्न सक्छ । तर पनि यस्ता किराहरूले टोक्ने बित्तिकै विभिन्न किसिमका समस्याहरू तत्काल देखाउने गर्छ । त्यसैले यस्ता किराहरूले टोक्दा पहिला प्राथमिक उपचार गर्नु नै राम्रो हुन्छ ।

लामखुट्टे

वर्षाको मौसममा लामखुट्टेको बिगबिगी नै हुने गर्छ । लामखुट्टेका पनि फरक फरक किसिमका प्रजाति भएको कारण कतिपयले टोक्ने समय पनि फरक हुन्छ । दिउँसोको समयमा भन्दा साँझ र रातीको समयमा सक्रिय हुने लामखुट्टेले टोकेको भागमा पानीले सफा गरेर मह दल्दा राम्रो हुन्छ । महमा एन्टि माइक्रोबाइल र हिलिंग क्षमता हुन्छ । टोकेको भागमा मह दल्नाले चिलाउने र सुन्निने समस्या हुँदैन । यसरी लामखुट्टेले टोकेको भागमा ध्यूकुमारी लगाउँदा पनि आराम मिल्छ ।

माकुरा

कुनै कुनै माकुराले टोकेमा खतरनाक पनि हुन्छ । यदि माकुराले टोक्यो भने टोकेको भागमा नुन दलेर ब्याण्डेज बाँध्नु राम्रो हुन्छ । यो काम गर्नाले माकुराले टोकेको भाग रातो हुँदैन । माकुराले टोकेको भागमा जैतुनको तेल र बेसारको लेप लगाउँदा पनि राम्रो हुन्छ ।

उडुस

वर्षा महिनामा सलबलाउने र मानिसलाई टोक्ने किरामा उडुस पनि पर्छ । उडुसले यदि टोक्यो भने टोकेको भागलाई साबुन र तातो पानीले धुनुपर्छ । टोकेको भागमा प्याजको टुक्रालाई दल्दा चिलाउने र फोका उठ्ने हुँदैन । प्याजमा एन्टिअक्सिडेन्ट भएको कारण टोकेको भागमा रगड्दा आराम महसुस हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?