काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।
केहीबेर अघि बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको उपस्थितीमा बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव लगायतको उपस्थिती रहेको छ ।
मन्त्रिमण्डल विस्तारको चर्चा चलिरहेको बेला बसेको गठबन्धनको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया