महन्थ ठाकुरको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

लोकपथ
140
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्रको आन्तरिक विवादबारे महन्थ ठाकुरले दायर गरेको रिटको सुनुवाई ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इलजालसमा पेसी तोकिएको थियो ।

निर्वाचन आयोगले जसपाको उपेन्द्र पक्षलाई आधिकारिकता दिएपछि महन्थ पक्षले आफूहरुमाथि अन्याय भएको भन्दै रिट दायर गरेको थियो ।

उपेन्द्र पक्षसहित निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएको उक्त रिटमा उत्प्रेषणको आदेशले बदर गर्न समेत माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?