साताको दोस्रो दिन के भयो सेयरबजार ?

लोकपथ
286
Shares

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४ अंकले बढको छ । भने करोबार रकम घटेको छ। आज नेप्से ४.०६ बिन्दुले बढेर ३०८५.०७ मा उक्लिएको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।३० बिन्दुले बढेर ५७२.४६ कायम भएको छ ।

कुल २२६ कम्पनीका २ करोड १८ लाख ९४ हजार २०९ कित्ता १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँमा कारोबार भएको हो । कारोबार भएका कुल १३ उपसमूहरुमध्ये ५ वटा उपसमूहहरु सकारात्मक देखिए भने अरु ८ वटा नकारात्मक देखिएका छन् ।

लघुवित्त १२४.९३ र उत्पादक कम्पनी ४१.८५ बिन्दुले बढेको छ । त्यस्तै जीवन बीमा कम्पनी ९०.५७ र निर्जीवन बीमा कम्पनीको ४९.१२ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा अरुण कावेली पावर लिमिटेडले शीर्ष स्थानमा रही ३७ अर्बभन्दा माथिको कारोबार गरेको छ। आज सोमबार जलविद्युत् उपसमूहका लगानीकर्ताले सर्वाधिक धेरै कमाए । त्यसमा यूनिभरसल पावर कम्पनी लिमिटेडले ३५ अर्बको कारोबार गरेको छ ।

त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेडको १० प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रो नेपाल लिमिटडको ५.६४ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?